समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताए । समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख रहेको उनको भनाइ छ । ..