पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका–६ मंगलबारे निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय सदस्य स्वर्गीय गोपाल मण्डलको ९औँ पुण्यतिथिमा आज पार्टीले एक विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा दिवंगत मण्डलप्रति सम्मान व्यक्त गर्दै उहाँकै स्मृतिमा लिच्ची जातको एक फलफूल बिरुवा रोपण गरिएको थियो। साथै, आर्थिक अवस्था कमजोर रहेको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले रास्वपाका सदस्यहरूले संकलन गरेको रु १२,८०० आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको आयोजकले जानकारी दिएका छन्।

श्रद्धाञ्जली सभामा उपस्थित रास्वपाका नेता तथा कार्यकर्ताहरूले मण्डलको इमानदार, सरल र समाजसेवामा समर्पित जीवनशैलीको स्मरण गर्दै उहाँका अधूरा सामाजिक प्रतिबद्धताहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!