रामकुमार परियार

आइतबार, कार्तिक २४, २०८२ || 380  पटक पढिएको

पथरी । पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय पशुखोप कार्यक्रम अन्तर्गत खोरेत विरुद्धको खोप कार्यक्रम शुरु भएको छ ।

वडा नं ६ को रायमाझी कृषि फर्मबाट खोप कार्यक्रम शुरु भएको हो । पथरी शनिश्चरे नगरपालिकाका उपप्रमुख देविमाया काफ्लेले आईतवार बिहान फर्ममै पुगेर खोप कार्यक्रमको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख काफ्लेले कृषकहरुलाई सरकारले निशुल्क प्रदान गरेको सुविधा लिन आग्रह गर्नु भयो । पथरी नगर पशुअस्पतालका डाक्टर आशिष देवले खोरेत रोगको बारेमा जानकारी दिंदै यसबाट बच्ने उपाय र भ्याक्सिनको प्रभावकारिताको बारेमा जानकारी गराउनु भयो । यसपटकको भ्याक्सिनेसन कार्यक्रम पेपरलेस प्रविधिबाट गरिने समेत डाक्टर देवले जानकारी दिनु भयो ।

कार्यक्रममा वडा नं ४ का अध्यक्ष लोकनाथ न्यौपाने , वडा नं ६ का अध्यक्ष कृष्णकुमार बस्नेत , वडा नं ७ का अध्यक्ष उद्दव बस्नेत , नगर प्रवक्ता एवम् वडा नं ८ का अध्यक्ष नविनजंग कार्की , पथरी नगर पशु अस्पतालका प्राविधिक जनक चौधरी , लक्ष्मी कुमारी घिमिरे , पशु सेवा केन्द्र मंगलबारेका प्रमुख गणेशप्रसाद शिवाकोटी लगायतको उपस्तिथि रहेको थियो ।

भेटनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विराटनगरको निर्देशन एवम् पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको प्रकाशित तालिका अनुसार खोप सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

आज (कात्तिक २३ गते) शुरु भएको खोप कार्यक्रम नगरपालिका भित्रका प्रत्येक वडाहरुमा सञ्चालन हुनेछ । पशु प्राविधिकहरुले कृषकको घरैमा गएर खोप लगाउने नगरपालिकाको पशु स्वास्थ शाखाले जनाएको छ । कृषकलाई खोप कार्यक्रमका बारेमा जानकारी दिन नगरपालिकाले एक सूचना जारि गर्दै खोप तालिका समेत सार्वजनिक गरेको छ । जस अनुसार कात्तिक २३ गते (आज) वडा नं ६ का कृषक योगेन्द्र रायमाझीको रायमाझी कृषि फर्मबाट उद्घाटन हुने खोप कार्यक्रम कात्तिक २६ र २७ गते वडा नं २ मा सञ्चालन हुनेछ । यस्तै कात्तिक २८ र ३० गते वडा नं ३ मा सञ्चालन हुनेछ भने वडा नं ७ मा मंसिर १ र २ गते सञ्चालन गरिनेछ ।

यसैगरी मंसिर ३ र ४ गते वडा नं १० मा , मंसिर ५ र ७ गते वडा नं ९ मा , मंसिर ८ र ९ गते वडा नं ४ मा , वडा नं ८ मा मंसिर १० र ११ गते सञ्चालन हुनेछ । यसैगरी वडा नं ५ मा मंसिर १२ र १४ गते , वडा नं ६ मा मंसिर १५ र १६ गते , वडा नं १ मा मंसिर १७ गते खोप कार्यक्रम सञ्चालन हुनेछ । छुटफुट भएकाहरुलाई मंसिर १८ गते खोप लगाईने नगरपालिकाको सूचनामा उल्लेख छ ।

सबै वडाहरूमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्नो वडामा जानकारी गराई खोप कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिनुहुन अनुरोध गरेको छ। छुटफुट भएमा आवश्यकता अनुसार समय थप गरिने समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!