रामकुमार परियार

शुक्रबार, मंसिर ०६, २०८२ || 282  पटक पढिएको

युएई । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) युएईको नेतृत्व सम्हाले लगत्तै अध्यक्ष भीम मल्ल ठकुरीले उल्लेखनीय कामको सुरुवात गरेका छन् । उनले युएईमा विभिन्न कारणले अलपत्र परेका नेपालीका लागि आफ्नो व्यक्तिगत खर्चमा सुरक्षित सेल्टर संचालनमा ल्याएका हुन ।

अध्यक्षमा चयन भएसँगै ठकुरीले पुरुषका लागि छुट्टै सेल्टरको व्यवस्था गरेका हुन ; जहाँ खान-बस्नसहितको आधारभूत सुविधा उपलब्ध हुनेछ । पछिल्लो समय दुबईमा समस्या परेर सहयोगको प्रतीक्षा गर्ने नेपालीको संख्या बढ्दै गएपछि उनीहरूलाई अर्को विकल्प नपाउँदासम्म सुरक्षित बसोबास मिलोस् भन्ने उद्देश्यले सेल्टर सञ्चालन गरिएको ठकुरीले बताए।

अध्यक्ष ठकुरीका अनुसार विगतमा यो विषयमा नेपाल सरकार र नेपाली दूतावासलाई पटक-पटक ध्यानाकर्षण गराए पनि समाधान नआएपछि आफूले नै पुरुष सेल्टर स्थापना गरेका हुन् । उनले घोषणा गरेको सेल्टरमा २० जना सम्मलाई राख्न सकिने बताईएको छ ।

“यो पूर्ण रूपमा मेरो व्यक्तिगत लागतमा संचालन गरिएको हो। साँच्चै अलपत्र परेका नेपाली दाजुभाइ–दिदीबहिनीलाई अर्को व्यवस्था नहुन्जेल खान र बस्नका लागि यो सेल्टर खुला रहनेछ,” ठकुरीले बताए।

ठकुरी विगत १४ वर्षदेखि युएईमा रही नेपाली समुदायका लागि सक्रिय भएर काम गर्दै आएका छन्। युएई मात्र नभई नेपालमा पनि विभिन्न विपद् र संकटमा परेका नेपालीलाई निरन्तर सहयोग गर्दै आएका उनले अब अध्यक्षको हैसियतबाट थप प्रभावकारी काम गर्दै अघि बढ्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!