पथरी । मोरङमा भएको प्याब्सन नगरस्तरीय लोकनृत्य प्रतियोगितामा पथरी शनिश्चरेको मोरङ मेरिगोल्ड ईङ्लिस स्कुल र एभरेस्ट ईङ्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लास्तरिय प्रतिस्पर्धाका लागि स्थान बनाएका छन् । आगामी मंसिर १३ गते हुने प्याब्सन जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा दुवै विद्यालयले पथरी शनिश्चरे नगरको प्रतिनिधित्व गर्नेछन् ।

प्याब्सन पथरी शनिश्चरेले शुक्रबार भुपु सैनिक ईङ्लिस स्कुल परिसरमा आयोजना गरेको प्रतियोगितामा जुनियर समूहतर्फ एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल विजेता बन्यो । यसै समूहमा मोरङ मेरिगोल्ड ईङ्लिस स्कुल फस्ट रनरअप र अरुणोदय ईङ्लिस स्कुल सेकेन्ड रनरअप बने । यी तीनवटै विद्यालयले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने अवसर समेत बनाएका छन्।

यसैगरी प्रतियोगिताको सिनियर समूहतर्फ मोरङ मेरिगोल्ड ईङ्लिस स्कुल प्रथम स्थान हासिल गर्दै विजेता बन्यो । फस्ट रनरअपका लागि एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल र रेडस्टार ईङ्लिस बोर्डिङ स्कुलले बराबरी अंक ल्याएपछि दुवै विद्यालयलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गरिने प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतले बताए ।

प्रतियोगितामा जुनियरतर्फ ११ र सिनियरतर्फ ६ समूह सहभागी थिए । विद्यार्थीहरूले थारु, मारुनी, कौडा, झाँक्री, माझी, मेचे, साकेला लगायतका संस्कृतिलाई झल्काउने नृत्य प्रस्तुत गर्दा रंगिन भेषभूषा र आकर्षक श्रंगारले कार्यक्रम मनमोहक बनेको थियो ।

विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पथरी शनिश्चरे नगर शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकी, बिना मिश्र लगायतले ट्रफि, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!