रामकुमार परियार

शुक्रबार, आश्विन १०, २०८२ || 26611  पटक पढिएको

पथरी । देशभरि दशैंको रौनक छाएको बेला मोरङको पथरी शनिश्चरे नगर भने ‘मेयरमय’ बनेको छ । यहाँ दशैंभन्दा बढी चर्चा वर्तमान मेयर र भावी मेयरको हुन थालेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजि आन्दोलनमा घर तोडफोड र आगजनीपछि मेयर मोहनप्रसाद तुम्बापोले सुरक्षाको कारण देखाउँदै राजीनामा दिएका थिए । तर अहिले उनको पुनर्बहाली हुने कि नहुने भन्ने विषयले नगर राजनीति तातेको छ । नगरको चोकचोकमा, भेला–सभा र सामाजिक सञ्जालमा यही विषयको बहसले प्राथमिकता पाएको छ । नगरमा बहसको प्रमुख एजेन्डा नै मेयरको विषय बनेको छ।

मेयर तुम्बापो स्वयंले भने अझै पनि कार्यालय फर्कने घोषणा गरेका छैनन् । हिजो (बिहीबार) उनले सामाजिक सञ्जालमार्फत राजीनामा अझै स्वीकृत नभएको स्पष्ट पारे । उनले लेखे , “राजीनामा स्वीकृत भएपछि १ मिनेट पनि पदमा बस्दिनँ। तर म पदमा रहँदा जनताको सेवामा निष्ठा र इमानदारीका साथ काम गरेको छु, एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन।” यही कारणले नगरवासीको ठूलो हिस्साले उनलाई काममा फर्केर पुनः जिम्मेवारी सम्हाल्न आग्रह गरिरहेको छ । उनको राजिनामा स्वीकृत हुन्छ वा अस्विकृत ; कहिलेदेखि कार्यालय हाजिर भएर काममा फर्कन्छन त्यो भने हेर्न बाँकि नै छ ।

यो दशैंमा पथरी शनिश्चरे ‘मेयरमय’ बन्नुको दोस्रो कारण भने भावि नेतृत्वको चर्चाले हो । नगरमा यतिबेला भावि मेयरको लागि ३ जना युवा वडा अध्यक्षहरुको चर्चा चुलिएको छ । यसले पथरी शनिश्चरेमा अर्को “मेयरमय” बहस सुरु गरेको छ। नगरको भावी नेतृत्वमा तीन जना युवा वडा अध्यक्षको चर्चा चुलिएको छ। वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपाने, वडा नं ८ का अध्यक्ष नविनजंग कार्की र वडा नं २ का अध्यक्ष नैना राई। वडामा जनमुखी काम, सिर्जनात्मक योजना र सुविधामूलक सेवा गर्दै आएका यी तीनै जना नेतृत्वले स्थानीयको मन जितेका छन् ।

लोककिरण न्यौपाने रातदिन , साँझबिहान नभनि जनताको बीचमै बसेर काम गर्ने बानीका कारण वडामा लोकप्रिय छन् । नविनजंग कार्की युवाशक्ति र आधुनिक सोचसहित योजनाबद्ध काम गर्दै आएका छन् भने नैना राईले वडावासिको जिवनस्तर उकास्न विभिन्न सिर्जनात्मक कामहरु र विकासका नविनतम मोडलहरु प्रयोग गर्दै आफ्नो वडालाई उदाहरणीय बनाई रहेका छन् । यही कारणले नगरवासीले अब आउने चुनावमा यी तिनजना मध्ये कुनै एकलाई मेयर बनाउने अठोट गर्न थालेका छन्।

यसरी, दशैंको रमझमले देशभरि माहोल सजाइरहेका बेला पथरी शनिश्चरे भने मेयर र भावी नेतृत्वको बहसले अझै बढी रंगिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!