रामकुमार परियार

बिहिबार, कार्तिक २८, २०८२ || 806  पटक पढिएको

पथरी । चिसो बढ्दै जाँदा साथीभाइ, परिवार र सहकर्मी मिलेर खुला ठाउँमा वनभोज खान जाने सिजन सुरु भएको छ । अहिले देशभरका मानिसहरू उपयुक्त पिकनिक गन्तव्य खोज्न व्यस्त छन्। यसै सन्दर्भमा मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा अवस्थित हरियाली पार्क वनभोज प्रेमीहरूको पहिलो रोजाइ बन्दै गएको छ ।

लगभग ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो पिकनिक स्थल हरियाली वन पब्लिक लिमिटेडले सञ्चालनमा ल्याएको हो। हरियाली सामुदायिक वनका अध्यक्ष काबुल बहादुर मगरका अनुसार, पार्कमा एकैपटक २० देखि २५ वटा समूहले सहज रूपमा पिकनिक खाँदै रमाईलो गर्न सक्छन् । “पिकनिकको मौसम अझै पूर्ण रूपमा सुरु भएको छैन, तर केही समूहहरूले पहिले नै रमाइलो गरिसकेका छन्,” हरियाली वन पब्लिक लिमिटेडका व्यवस्थापक रोहित बास्तोला बताउँछन् ।

पार्कको मुख्य आकर्षण भनेको नेपालको नक्सा आकारको पोखरी हो। चुच्चे नक्साको आकारमा बनाइएको यो पोखरी वरिपरि समूहले बस्न र वनभोज खान सक्ने व्यवस्था गरिएको छ। पोखरीमा हाल केही प्राविधिक काम बाँकी रहेकाले छिट्टै सकिने तयारी भइरहेको अध्यक्ष मगरले जानकारी दिए ।

पार्कमा स्वच्छ खानेपानी, बिजुली, शौचालय, निःशुल्क वाइफाइ, र पर्याप्त पार्किङको सुविधा छ। बालबालिकामैत्री वातावरणका कारण यो स्थान पारिवारिक पिकनिकका लागि उत्कृष्ट विकल्प मानिन्छ । यहाँ नजिकै क्याटरिङ , पौडी पोखरी र सभाहल पनि छ , जसले पिकनिकमा आउनेलाई थप सहजता प्रदान गर्छ ।

सेवा शुल्कका बारेमा अध्यक्ष मगर भन्छन्, “हामी पाहुनासँग मैत्रीपूर्ण व्यवहार गर्छौं। ३० जनासम्मको समूहका लागि रु. ५०० र ३० देखि १०० जना सम्मका समूहका लागि रु. १,००० शुल्क तोकिएको छ।” यदि पाहुनाले बाहिरबाट खानपान ल्याउन नचाहे पनि चिन्ता छैन। पार्कभित्रै सस्तो र सुविधाजनक दरमा सम्पूर्ण खानपानको व्यवस्था गरिएको छ ।

हरियाली पार्कमा बाल उद्यान निर्माणको तयारी भइरहेको छ। साथै, एसि सहितको सभाहल, पौडी पोखरी, रेष्टुरेन्ट, क्याटरिङ सेवा र पर्याप्त पार्किङका कारण यो स्थान आगामी दिनमा पूर्वको उत्कृष्ट वनभोज गन्तव्य बन्ने निश्चित देखिन्छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्ता स्थानहरूको प्रचार–प्रसार र संरक्षण आवश्यक छ। स्थानीय र आगन्तुक दुबैका लागि मनोरञ्जन र विश्रामको उत्तम गन्तव्य बन्दै गरेको हरियाली पार्कले वनभोजको आनन्द संगै हरियाली र सफा वातावरणको मजा लिन चाहनेहरुलाई सन्तुष्टि र आनन्द पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!