बीरेन्द्रकुमार साह

शुक्रबार, कार्तिक ०१, २०८२ || 2768  पटक पढिएको

विराटनगर । विराटनगरस्थित वन कार्यालयका केही कर्मचारीले सरकारी गाडीलाई निजी स्वार्थका लागि नियमित प्रयोग गर्ने गरेको खुलासा भएको छ। शुक्रबार साँझ कार्यालय समय समाप्त भएपछि उक्त कार्यालयको गाडी भारतीय बजार जोगबनीसम्म किनमेलका उद्देश्यले चलाइएको सार्वजनिक भएको हो।

स्रोतका अनुसार सो गाडी शुक्रबार साँझ करिब ५ बजेदेखि ८:३० बजेसम्म जोगबनीमा रहेको थियो। कार्यालयका कर्मचारीले व्यक्तिगत सामान किनमेल गरी त्यही गाडीमार्फत विराटनगरतर्फ ल्याएको पुष्टि भएको छ।

विद्यमान सरकारी नियमअनुसार कार्यालय समयबाहेक वा निजी प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग गर्न पाइँदैन। तर वन कार्यालयका कर्मचारीले सो नियमको खुलेआम उल्लंघन गर्दै राज्यको सम्पत्तिको दुरुपयोग गरेको स्थानीयको आरोप छ।

स्थानीयवासीका अनुसार वन कार्यालयको गाडी लामो समयदेखि बेलाबेला व्यक्तिगत प्रयोजनमा चलाइने गरेको छ। उनीहरूका भनाइमा यस्तो लापरबाहीले सरकारी संस्थाप्रतिको जनविश्वास खस्किँदै गएको छ।

सामान किनमेल गरिरहेका कर्मचारीलाई फोटो र भिडियो खिच्न थालिएपछि उनीहरू आफ्नो परिचय दिन चाहेनन् र हतारहतार सामान लोड गरी विराटनगर फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!