
ढाका। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले गत वर्ष विद्यार्थी आन्दोलन दबाउन भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले हसिनासँगै तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई पनि कसुरदार ठहर गरेको छ।
अदालतले ठहर गरेको छ कि हसिनाले प्रदर्शनकारी पहिचान गर्न सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिइन् र आन्दोलनकारीको जमघटमा हेलिकोप्टरबाट बम खसाल्ने आदेश दिइन्। यस क्रममा ५४ जनाको बयानलाई आधार बनाइएको छ।
शेख हसिनाले अदालतको सुनुवाइमा भाग लिनु भएको थिएन; उनी हाल भारतमा छन्।