हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 14157  पटक पढिएको

शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज सम्भव छैन । त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभइकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यहि विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला हुने जानकारी दिएको छ ।

 

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागिता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गर्ने आयोजक पक्षको विश्वास छ ।

एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आबद्धता रहेको छ भने कार्यक्रमको कोरियोग्राफरका रुपमा सञ्चारकर्मी एवम् फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।

विवाहित महिलाहरूमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!