
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुर–१ र सुनसरी–१ बाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस गरेको र सो कुरा आफूले स्वीकार गरेको उनले बताएका छन्। किराती २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भोजपुर–१ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र)को तर्फबाट निर्वाचित भएका थिए।
कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० घटकबीच एकता भएपछि उनी प्रलोपा पार्टीमा आबद्ध भएका हुन्।