हिपमत डटकम

आइतबार, भाद्र १२, २०७९ || 10787  पटक पढिएको

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले आफ्नो पार्टी कुन गठन्धनमा जाने भन्ने निश्चित नभएको बताएका छन् । “अहिलेसम्म हामी हाम्रैतिर छौं । सत्ता गठबन्धन वा एमाले, कोसँग गठबन्धन हुने निश्चित भएको छैन । छलफल चाहिँ चलिरहेको छ, तर निष्कर्षमा पुगेका छैनौं । अन्तिम समयसम्म मिल्छ होला । बाटोमा हिँडिरहेका बेला बीचमा कसैले लिफ्ट दियो भने न मोटसाइकल वा गाडीमा जान पाइन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने ।

पार्टी आफ्नै बलबुतामा लड्ने तयारी पनि भएको झाले बताए । उनले थपे, “गठबन्धन संस्कृतिको चलेको छ । तर अहिले नै फलानोसँग तालमेल भइहाल्छ भन्ने स्थिति छैन । विन-विन भयो भने त्यो पनि गरिएला । हामीले आफ्नै हिसाबले पार्टी खोल्यौं, एजेन्डा सेट गर्‍यौं र संगठन निर्माण गर्‍यौं । आफ्नै बलबुतामा जाने सोच पनि छ ।”

लोसपा सरकारमा जाने कुरा त त्यत्तिकै सेलायो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता झाले भने, “सत्ता गठबन्धनसँग हाम्रो सहकार्य खास केही थिएन । उसलाई संसद्मा विश्वासको मत दिएका थियौं । तर सरकारमा जाने कुरा मिडियामात्र सीमित भयो । पाँच वर्षमा हामी सरकारमा गएको भनेको १८ दिन त हो नि । प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिकता विधेयक मधेस आन्दोलन ताकाका मुद्दाको फर्छ्यौटबारे कुरा भएको थियो । वार्ता त भइहाल्छ नि ।”

नागरिकता विधेयकमा राष्ट्रपति विवादमा मुछिनु नहुने पनि उनले औंल्याए । झाले थपे, “हामीले राष्ट्रपतिलाई पनि भेटेर आफ्ना कुरा राखेका छौं । २० वर्ष भइसकेका नानीबाबुहरु अझै पनि नागरिकताविहीन छन् । नेपाली बाउआमाका सन्तान कसरी देशविहीन, राष्ट्रविहीन हुन्छ ? राष्ट्रघात त ठूलाठालुले मात्र गर्न सक्छन् । राष्ट्रपति किन विवादमा मुछिनुपर्‍यो ?”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!