हिपमत डटकम

बुधबार, पौष ०२, २०८२ || 3261  पटक पढिएको

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मतका लागि आवश्यक प्रक्रिया मिलाउन उनले प्रदेशसभा सचिवालयलाई औपचारिक रूपमा आग्रह गरेका छन्।

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता यादव मंसिर १९ गते सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त छ।

यसअघि गत कात्तिक २४ गते बिहान बर्दिवासस्थित एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उक्त नियुक्तिविरुद्ध कांग्रेससहित सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। साथै, विश्वासको मत लिन नसके संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन गर्न परमादेश जारी गरेको थियो।

अदालतको आदेशअनुसार सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८(२) बमोजिम कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!