सिन्धुली । सिन्धुलीकी दीपा देवकोटाले शारीरिक अपाङ्गता हुँदाहुँदै पनि नेपालमै पहिलो पटक बन्जी जम्प गरेर प्रेरणादायी कीर्तिमान कायम गरेकी छन्। ‘स्पाइनल बाइफिडा’ भएकी उनले आफ्नो जन्मदिनलाई विशेष बनाउँदै यो साहसिक चुनौती पूरा गरेकी हुन्।
अपाङ्गता अधिकारकर्मी समेत रहेकी देवकोटाको यस कदमले अपाङ्गता कमजोरी होइन, आत्मविश्वास र अवसरले सीमाना तोड्न सकिन्छ भन्ने सन्देश दिएको छ। उनले अपाङ्गता भएका व्यक्तिहरू पनि साहसिक खेलकुद, पर्यटन र समाजका सबै क्षेत्रमा समान रूपमा सक्षम छन् भन्ने स्पष्ट प्रमाण प्रस्तुत गरेकी छन्।