कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला परेका छन् । कास्कीको रुपा गाउँपालिका–५ मझ्याङकोट घर भएकी ३६ वर्षीया गौरी बस्यौला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने उनी रुपा गाउँपालिका–५ मझ्याङकोट स्थित खाली घरमा मृत अवस्थामा फेला परेकी हुन् । साउन २६ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टे मसिना स्थित श्रृष्टि कृषी फर्ममा काम गर्ने २५ वर्षीय प्रेम प्रसाद दाहाल सोही फर्म नजिकै झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।