काठमाडौँ – नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही र व्यवस्थित रूपमा अघि बढाउन नेतृत्वमा दाबी गरेका छन्। सोमबार भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई विधिपद्धतिअनुसार सञ्चालन गर्न नेतृत्वमा उत्रिएको बताए।

उम्मेदवारीको कारणबारे सोध्दा पोखरेलले अहिले पार्टीलाई सामूहिक नेतृत्वको आवश्यकता रहेको बताए। उनले पार्टीको विचार, संगठन र नेतृत्वलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन्। पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक नभएको बताए।

त्यसैगरी महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिहरूलाई पार्टी एकताबद्ध बनाउन सहयोग गर्ने बताए। उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले भने, “चुनावी प्रतिस्पर्धा भए पनि कसैप्रति पूर्वाग्रह हुँदैन। नेतृत्व परिवर्तन र समयको मागअनुसार सामूहिक नेतृत्व आवश्यक छ।”

उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले पार्टीमा पुरानो नेतृत्वप्रति उठेका प्रश्नहरूको कारण नयाँ नेतृत्वका साथ पार्टी अघि बढाउनुपर्ने बताए। सचिव पदका उम्मेदवार कर्ण थापाले भने कि अध्यक्षले टिम घोषणा गरेजस्तै आफूहरूले पनि अलग टिम घोषणा गरेको बताएका छन्। अब सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक प्रक्रियाअनुसार नेतृत्व चयन हुने जानकारी दिएका छन्।

एमालेको महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै टिम बनाएर चुनावी प्रतिस्पर्धा गर्न लागेका छन्। पार्टी नेतृत्व चयनका लागि मङ्गलबार मतदान हुने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!