स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व।भट्टराईको परिवारलाई सहयोग गरेका हुन । निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास वोर्डका पुर्व अध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक राजकुमार राईलाइ निर्देशक दिपाश्री र सञ्चारकर्मी प्रकाश सुवेदीलाई निर्देशकहरुले पठाएका रकम हस्तान्तरण गरे । अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लाम्छाने , दिनेश कार्की,किशोर सुब्बा,अक्की शर्मा,यादब सिलवाल,बीबी फुँयाल र सुमन दाहाल मार्फत आएको उक्त नगद हस्तान्तरण गरिएको हो । सञ्चारकर्मी सुवेदीले यो रकम स्व।केशव भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी दिए । सहयोग गर्न चाहनेले बैंक खाता सिटिजन बैंक कपन शाखामा खाता नम्बर ०२४०१०००००५०७०४१ जमा गराइदिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!