हिपमत डटकम

आइतबार, भाद्र ०५, २०७९ || 17253  पटक पढिएको

अमेरिका । हरि उप्रेती डायस्पोरा नेपाली गीत संगीतको एक स्थापित नाम हो। गीत संगीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ़ विश्वास राख्ने गीतकार उप्रेतीले विगत पच्चीस वर्ष देखि नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका छन भने गीत संगीतलाई पनि त्यति नै माया गर्ने गर्दछन ।

आफ्नो जन्मभूमि छोड्नुको पिडा र भाषा साहित्य सिक्न बाट वन्चित गराउने त्यो भुटानी तानाशाहको तमासाले अझै पनि गीतकार उप्रेतीलाई झस्काई रहन्छ। कर्मभूमि अमेरिका बसेर पनि नेपाली साहित्य, गीत संगीतलाई बेजोड माया गर्ने गीतकार उप्रेतीले दर्जनौ चलचित्रमा गीत लेखि सकेका छन भने आधुनिक विधामा गीति एल्बम करूणा भाग १ र भाग २ बजारमा ल्याई सकेका छन। त्यस्तै अडियो बुक “मनका तरेलीहरू” पनि बजारमा ल्याएका छन।

साहित्यको गजल विधामा पनि उनी बेजोड कलम चलाउने गर्दछन। केहि समय अगी मात्र गजल संग्रह गुनासो बजारमा आई सकेको छ। यिनै कृतिहरूको अपार सफलता पछि गीतकार उप्रेतीले भक्ति रचनामा पनि कलम चलाएका छन। यसै क्रममा हिजो श्री वैष्णव परिषद अमेरिकाले आयोजना गरेको एक धार्मिक कार्यक्रम श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा भक्ति एल्बम “प्रभु वन्दना “ विमोचन गरेका छन। उक्त विमोचन समारोहमा गीतकार उप्रेती र सोही एल्बमका उदीयमान गायक भीम ढकालको उपस्थिति रहेको थियो। सयौं भक्तजनको उपस्थिति माझ सम्पन्न भएको समारोहमा धार्मिक गुरू स्वामी श्री दमोदर आचार्य तथा गीतकार उप्रेतीका माता पिता , कर्म दिने माता पिता एवं गायक ढकालका माता पिताका हात बाट भक्ति एल्बम विमोचन गरिएको थियो।

समारोहमा वैदिक सेवा समाजका पूर्व अध्यक्ष श्री काँसी अधिकारीले स्रष्टाहरूको परिचय दिनुभएको थियो भने उक्त एल्बमको संक्षिप्त समीक्षा पं. श्री नारायण सान्डिल्य र गायक लोक पौडेलले गर्नु भएको थियो। यस एल्बममा सुमधुर स्वरकी धनी एवं गायिका तृप्ति खड्काको एकल संगीत रहेको छ बिभिन्न स्रष्टाहरूको संगीत संयोजन रहेको छ। कार्यक्रम लाई राम बाँस्कोटाले सन्चालन गर्नुभएको थियो ।यो एल्बमलाई हरि उप्रेतीको अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!