हिपमत डटकम

बिहिबार, भाद्र ०२, २०७९ || 18604  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ ।

कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गर्नु भयो । उपप्रमुख कार्कीले आज ७ र ८ वडा कार्यालयको अनुगमन गर्नु भयो । सो क्रममा कतिपय कर्मचारी एकैठाउँमा जम्मा भएर गफ गरिरहेको भेटिएको थियो । यस्तै कर्मचारी नभएको कोठामा फेन र बत्तीसमेत खुल्ला रहेको भेटिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।

वडास्तरदेखि नै छिटोछरितो काम भएमा जनगुनासो आउने क्रममा कमी आउने उहाँको भनाइ थियो । “वडास्तरदेखि नै जनताका काम सहज रुपमा हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यही भएर हामीले वडा र सम्बन्धित महाशाखाको अनुगमलाई निरन्तरता दिइरहेका छौं ।” उहाँले जनताको कामलाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो । यस्तै उपप्रमुख कार्कीले बिहीबार नै सरस्वती टोलमा रहेको शिक्षा महाशाखाको समेत अनुगमन गर्नुभयो ।

उपप्रमुख कार्कीले तीवटै कार्यालयको हाजिरी पुस्तिकासमेत चेक गर्नु भएको थियो ।
केही दिनअघि महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!