हिपमत डटकम

बिहिबार, भाद्र ०२, २०७९ || 728  पटक पढिएको

काठमाडौं मेडिकल कलेजले बागमती प्रदेशको राजधानी हेटौंडामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

हेटौंडा ९ पशुपतिनगरमा सिनामंगल स्थित केएमसीले वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोली पठाएर वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११४२ जनाको स्वास्थ्य परीक्षण गरिएको हाे। उनका अनुसार स्वास्थ्य शिविरमा १८२ जनाको इसिजी, २१३ जनाको ल्याब परीक्षण तथा १९२ जनाको युएसजी गरिएको छ ।

स्वास्थ्य शिविरमा सहभागी स्वास्थ्यकर्मीका अनुसार गम्भिर प्रकारका स्वास्थ्य समस्या देखिएकालाई थप उपचार र परीक्षणका लागि ओ.टी. रेफर गरिने गरिएको छ । सामान्य प्रकारका समस्या भएकाहरुलाई निःशुल्क औषधी समेत वितरण गर्ने गरिएको छ ।

नारायणी बहुउद्देश्यीय सहकारी संस्था, लायन्स ब्लब अफ भक्तपुर, लियो क्लब अफ भक्तपुरसँगको संयुक्त आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरलाई हेटौडा नौं नम्बर वडा कार्यालय, लायन्स क्लब अफ हेटौडा, ब्लूक्रस, उद्योग संघ मकवानपुर, हेटौंडा सिमेन्ट, गुराँस मेडिकल, अनुज सर्जिकल लगायतको समन्वय र सहकार्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!