नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वानले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधानअनुसार नै विशेष महाधिवेशन बोलाइएको र यसले पार्टीलाई अझ एकढिक्का बनाउने दाबी गरे।

कांग्रेस विभाजन हुने चर्चा निराधार भएको भन्दै शर्माले यस्ता आशंका नगर्न आग्रह गरे। “नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ,” उनले भने, “पार्टी फुट्छ भन्ने हल्ला सत्य होइन।”

उनका अनुसार विधानअनुसार गरिने निर्णयहरूले पार्टीलाई थप संस्थागत र सुदृढ बनाउनेछ। नियमित महाधिवेशन तोकिएको समयमा हुन नसकेको र विधानले तोकेको समयसीमा नाघिसकेकाले विकल्पका रूपमा विशेष महाधिवेशन आवश्यक भएको उनको भनाइ छ।

शर्माले वर्तमान राजनीतिक परिस्थितिमा नयाँ नेतृत्व, नीति र स्पष्ट दृष्टिकोणसहित चुनावमा जानुपर्ने आवश्यकता औँल्याए। यसका लागि पार्टीले समयमै सूचना जारी गरी विशेष महाधिवेशनबारे जानकारी गराइसकेको पनि उनले बताए।

विशेष महाधिवेशनसम्बन्धी निर्णय संस्थागत रूपमा हुनुपर्नेमा जोड दिँदै उनले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिबाट औपचारिक निर्णय गरिनुपर्ने बताए। पार्टीभित्र देखिएको ध्रुवीकरणलाई सम्बोधन गर्न पनि संस्थागत निर्णय अपरिहार्य रहेको उनको धारणा छ।

नियमित महाधिवेशन हुन नसक्नु र नेतृत्व तथा नीतिप्रति असन्तुष्टि बढेसँगै कांग्रेसभित्र विशेष महाधिवेशनबारे बहस चुलिएको छ। यसैबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेका छन्।

शर्माले विशेष महाधिवेशनलाई पार्टी विभाजनको कारण होइन, बरु कांग्रेसलाई एकताबद्ध गर्दै नयाँ दिशा दिने अवसरका रूपमा चित्रण गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!