हिपमत डटकम

मंगलबार, साउन ३१, २०७९ || 27730  पटक पढिएको

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतम नेतृत्वको पार्टीलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो निर्वाचन चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको हो । दुबै पार्टीलाई दिने सिट र उनीहरुका सर्तका विषयमा गठबन्धनमा समेत छलफल गरेर निस्कर्षमा पुग्ने निर्णय पनि माओवादीले गरेको छ ।

सहमतिसँगै संघ र प्रदेशको निर्वाचनमा नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानका नेताहरु हँसिया–हथौडाबाट चुनाव लडने भएका छन् । २०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए ।

एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए । भट्टराईले भने २०७४ मा कांग्रेससँग गठबन्धन गरेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए । जसपा विभाजन गरेर उनले भर्खरै नयाँ दल दर्ता गरेका हुन् ।
माओवादी स्थायी समिति बैठक बुधबार पनि बस्ने बताइएको छ । बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावको तयारी, सातै प्रदेशमा गर्ने भनिएको प्रशिक्षण लगायत समसामयिक विषयमा छलफल हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!