रंगेली। रंगेली नगरपालिकाकाे मुख्य बजारमा बुधबार अनुगमन गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालय शन्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा र जिल्ला प्रशासन कार्यालय तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा विभिन्न प्रकारका दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्डका विषयमा केन्द्रित रही सम्बन्धित निकायले रंगेली बजारकाे अनुगमन गरेको छ ।
उपभोक्ताहरुको हक हित संरक्षण तथा स्वच्छ बजार प्रबर्द्धन गराउने उदेश्यले यो अनुगम गरिएको अनुगमन कर्ताले हिपमत मिडियालाई बताएका छन् ।
रंगेली बजार अनुगमनमा जिल्ला प्रशासन माेरङ प्रमुख काशिराज दहाल , शरदर चन्द पाेख्रेल ईलाका प्रसाशन कार्यलय रंगेली प्रमुख उपेन्द्र राई नगरपालिकाका उप मेयर भुमा पराजुली ,ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख शैलेश न्याैपाने , रमेश काेइराला , पन्चु चाैधरी, स्थानीय पत्रकार लगायतकाे राेहवरमा रंगेलीमा रहेको काली किराना, घिरज स्टार , रुपा हाेटल, लगायत आधादर्जन खाद्यान्न तथा हाेटल , फलफूल दाेकान काे अनुगमन गर्नुका साथै व्यपारीहरु लाई सुझाव समेत अनुगमनकर्ताहरुले दिएका थिए।