हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 8522  पटक पढिएको

काठमाडौ। बन्चरेडाँडाका बासिन्दाले काठमाडौंको फोहोर खन्याउन अवरोध गरेका छन् ।

मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै स्थानीयले फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका तीन वटा डोजरमा तोडफोड गरेका छन् ।

महानगरसँग आफुहरुले राखेका माग बेवास्ता गरेको उनीहरुको आरोप छ ।

यसअघि पनि उनीहरुले भदौदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका थिए ।

सडक मर्मतलगायतका माग राख्दै एक महिनादेखि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।

यसअघि महानगरसँग १८ बुँदे सम्झौता कार्यान्वयन नभएको स्थानीयको आरोप छ । स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर चोक चोकमा थुप्रिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!