हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 854  पटक पढिएको

पोखरा। आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पोखरामा घर माथिबाट आएको पहिरोले घर भत्किदा एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका ६ डिहिकोपाटन पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला तातोपानी घर भएका हाल उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्की प्रहरी डिएसपी सुन्दर तिवारीले बताए ।

पहीरोले पुरीएर सुनारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परी सुनारकी दिदी २७ वर्षीय सुनिता सुनार घाइते छिन् । उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सुनिताकी १० वर्षीय छोरी सिम्रन सुनारको सकुशल उद्धार गरिएको डिएसपी तिवारीले बताए । पोखरा आसपास लगायतका क्षेत्रमा आइतबार साँझदेखि निरन्तर ठुलो वर्षा भइरहेको छ।

हामीले घटनास्थलमै गएर स्थलगत रिपोर्ट लिएर उपस्थीत भएका छौ हेरौ भिडियोमा :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!