हिपमत डटकम

आइतबार, साउन १५, २०७९ || 6840  पटक पढिएको

बर्दिया । मधुवन नगरपालिका-८ कुसुम्बाघाट जंगलबाट करिब ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ र नगद १३ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-८ गाउँ नम्बर ६ बस्ने २६ वर्षीय दोर्णराज गुरूङ लगायत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरी र ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ, नगद र उनीहरूले प्रयोग गरेको भे.११ प १३६२ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!