हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 13222  पटक पढिएको

काठमाडौ । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमीक नपाउने कारणले विदेशिनु परेको नाकामा भेटिने सर्वसाधारणको भनाइ छ ।

नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ । खेती लगाउनका लागि घर आएका पनि पुन कामका लागि भारत फर्केका छन ।

भारतमा आफूले गरेको कामअनुसार पारिश्रमीक पाउने भएका कारण रोजगारीका लागि जान लागेको सीमामा भेटिने सर्वसाधारणले बताएका छन । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!