दमक। इलाका प्रहरी कार्यालय दमकमा कार्यरत सादा पोशाकका प्रहरीको असुली धन्दा तीव्र बनेको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी रामप्रसाद तिम्सीनाको संरक्षणमा सादा पोशाकका प्रहरी (घुमुवा) को असुली धन्दाले ब्यापकता लिएको हो ।
हवल्दार राजकुमार श्रेष्ठ र साहयक हवल्दार टिका दाहालले असुली धन्दा चलाएका हुन् । उनीहरु सादा पोशाकमा परिचालित छन् । डिएसपी तिम्सीनाको प्रत्यक्ष संरक्षण र आदेशमा उनीहरुले दमक क्षेत्रमा पैसा असुल्दै आएका छन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, डिएसपी तिम्सीनाको निर्देशनमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् ।
उनीहरुले दमक आसपासमा रहेका यौनजन्य गतिविधि हुने १ दर्जन बढी होटलबाट मासिक रकम असुल्दै आएका छन् । त्यस्तै काठ तस्करीलाई बढवा दिंदै काठबाट समेत रकम असुल्दै आएको स्रोतले जनाएको छ । उनीहरुले खाधयन्न, लत्ताकपडा, माछा कारोबारीसंग समेत रकम असुल्दै आएका छन् । उषा, सिता लगायतका पोके कारोबारीबाट पनि मासिक रकम असुल्दै आएका उनीहरुको केहि प्रमाणहरु हामी सित सुरक्षित छ । घुमुवा श्रेष्ठ र दाहालले केहि होटल र कारोबारीसंग गरेको कुराकानीको प्रमाण पनि हामीलाई प्राप्त भएको छ । त्यसले पनि प्रष्ट हुन्छ कि असुली धन्दामा डिएसपी तिम्सीनाको प्रत्यक्ष संमलग्नता छ ।