हिपमत डटकम

मंगलबार, साउन २८, २०८२ || 2123  पटक पढिएको

काठमाडौं, भदौ २७ — मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई काठमाडौं महानगरपालिकाले विशेष सम्मान प्रदान गरेको छ। भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएफएन)–१७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेर फर्किएका ढाँटलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरिएको हो।

मंगलबार महानगरको कार्यालयमा आयोजित कार्यक्रममा मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा उनलाई सम्मान गरिएको हो।

च्याम्पियन ढाँटको उपलब्धिले नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान स्थापित गराएको भन्दै महानगरले उनलाई प्रोत्साहनस्वरूप सम्मान गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!