काठमाडौं, भदौ २७ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूप्रति शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीहरूको सामना गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरेका छन्।
साथै, अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि युवाहरूलाई अग्रसर हुन आह्वान गरे।
उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सक्षम बनाउने दिशामा विशेष प्राथमिकता दिएको स्मरण गराएका छन्।