हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 963  पटक पढिएको

पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोरेर रकम चोरी भएको एक हप्ता बितिसक्दा पनि कास्की प्रहरीले आरोपीको सुइको सम्म पाउन सकेको छैन।

एटिएमभित्रको पैसा राख्न प्रयोग भएका बाकस भोलिपल्ट नै प्रहरीले भेट्टाए पनि प्रहरीले घटनामा संलग्न व्यक्ति भने अझै पत्ता लाग्न नसकेपछि कास्कीको सुरक्षाको व्यवस्थामा चुनौती थपिएको छ । यस घटना भन्दा केहि दिन अगाडी पनि पोखराको न्युरोडमा रहेको एनआईसी एसिया बैकको एटिएम फोड्ने प्रयास भएको थियो ।

पोखरामा समय समयमा एटिएम मेसीन फोड्ने प्रयास हुदै गर्दा बैक तथा वित्तीय संस्था र प्रहरीले पनि झन् सावधानी अपनाउनु पर्ने अवस्था आएको छ । पटक पटक एकै प्रकृतीको घटना दोहोरिदै गर्दा यति बेला सामाजिक संजाल देखि मिडिया सम्म यस बारेमा बहस सुरु भएको छ । चोरीको घटना बाहिर आएपछि बैकले सुरक्षा गार्ड को व्यवस्थापन गरेका थिए कि थिएनन रु एटिएम मेसीन राम्रोसंग लक गरिएको थियो कि नाई रु एनएमबी बैक चोरीपछि अर्को बैक चोर्न गएका हुन् वा दुई वटा बैकमा चोर्न पुग्ने एउटै ब्यक्ती हुन् कि रु लगाएतका बिभिन्न प्रश्नहरु आईरहेका छन् ।

त्यस्तै उत्कृस्ट बैकको रुपमा चिनिदै आएको बैकको एटिएम मेसिन नै फोडेर भागेको समाचार आएपछि बैकको सुरक्षामा पनि प्रश्न आएको छ ।

यस बिषयमा हामीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीसंग कास्कीको सुरक्षाको बारेमा केहि कुराकानी गरेका छौ ।

किन बारम्बार यस्ता घटाना कास्कीमा बढ्दै छन् भन्ने बारेमा गरिएको यो कुराकानी तल भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!