हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 8430  पटक पढिएको

काठमाडौं। अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ’रिकभर’ गरेको छ ।

समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५० भन्दा बढी क्लिप रिकभर भएका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।

प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बसेको समितिको बैठकले सीसीटीभी फुटेजको अध्ययन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!