हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 8018  पटक पढिएको

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह यतिबेला आफ्नो न्यूड फोटोसुटका कारण चर्चामा छन् । अहिले यो फोटोसुटका कारण रणवीर समस्यामा परेको खबर आइरहेको छ ।

मंगलबार मुम्बई पुलिसमा रणवीरविरुद्ध एफआईआर दर्ता भएको छ। जसमा रणवीरले सामाजिक सञ्जालमा नग्न तस्विर शेयर गरेर महिलाको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । एनजीओका एक अधिकारीले रणवीरविरुद्ध यो एफआईआर दर्ता गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

मुम्बईका एक प्रहरी अधिकारीले सामाजिक सञ्जालमा नग्न तस्बिरहरू मार्फत महिलाको भावनामा चोट पु¥याएको आरोपमा रणवीरविरुद्ध यो एफआईआर दर्ता गरिएको बताए। रणवीरविरुद्धको उजुरी सोमबार चेम्बुर पुलिस स्टेशनमा गैरसरकारी संस्था (एनजीओ) का पदाधिकारी ललित श्यामले दिएका हुन् । यो एनजीओ पूर्वी मुम्बई उपनगरमा अवस्थित छ।

उनीहरुले रणवीरको नग्न तस्बिरलाई पनि ट्विटर र इन्स्टाग्रामबाट हटाउन माग गरेका छन् । यति मात्र होइन, उजुरीकर्ताले रणवीरलाई पक्राउ गर्न पनि माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!