हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 1357  पटक पढिएको

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले पछिल्लो डेढ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ ।

प्राधिकरणले असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको ४७ करोड २५ लाख युनिट बिजुली भारतलाई बेचेको हो ।

प्राधिकरणले गत जेठ १९ देखि भारतलाई विद्युत बेच्न थालेको हो ।

गत वर्ष त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली भारतले किनेको थियो ।

यस वर्ष थप मस्र्याङ्दी, मध्यमर्स्याङ्दी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३ सय ६४ मेगावाट बिजुली भारतमा बिक्री भैरहेको छ ।

अहिले नेपालले दैनिक विद्युत् बजारको अवधारणामा इन्डियन इनर्जी एक्सचेन्ज ‘आईईएक्स’मा बिजुली बेचिरहेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण राखेको छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!