काठमाडौं, असोज ३० — नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो। यससँगै नेपाली बजारमा यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
पछिल्लो केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहे पनि नेपाली बजारमा भने निरन्तर वृद्धि देखिएको छ।
यसअघि बुधबार सुनको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन ३२४० रुपैयाँ रहेको चाँदी बिहीबार ३२७५ रुपैयाँ प्रतितोला कायम भएको छ। यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो।