हिपमत डटकम

बिहिबार, आश्विन ३०, २०८२ || 1366  पटक पढिएको

काठमाडौँ, असोज ३० – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता गणेश साहले पार्टी परित्याग गरेका छन्। उनी केन्द्रीय कमिटी विघटन हुनुअघिका पार्टी सचिवसमेत थिए।

साहले रातोपाटीसँग कुराकानी गर्दै आफूले माओवादी केन्द्रको सदस्यता र नेतृत्व दुवैबाट अलग भएको पुष्टि गरेका हुन्।
उनले भने, “अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि रहिनँ।”

पार्टीले देशभर एकताको स्पष्ट सन्देश दिन नसकेको र संगठनभित्रको दिशाहीनताले आफूलाई निराश बनाएको उनले बताएका छन्।
साहको भनाइमा, पार्टीले आमजनता र कार्यकर्ताबीच विश्वास निर्माण गर्ने हैसियत गुमाइसकेको छ, जसका कारण आफूलाई माओवादीमा बसिरहन उपयुक्त नलागेको हो।

यसअघि पनि गणेश साह पार्टीभित्रको नीति, नेतृत्वशैली र एकतासम्बन्धी प्रश्न उठाउँदै आएका थिए। उनका विचारमा, दिगो विचार र स्पष्ट कार्यदिशा नभएसम्म वाम एकता सम्भव छैन।

पार्टीभित्र नेतृत्व र नीतिगत बहस तीव्र भइरहेका बेला साहको निर्णयलाई गम्भीर संकेतको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!