हिपमत डटकम

बिहिबार, आश्विन ३०, २०८२ || 850  पटक पढिएको

काठमाडौं — एमाले नेता र आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अझ मजबूती आवश्यक रहेको बताएका छन्। उनले ११औं महाधिवेशनबाट फेरि ओलीलाई नै अध्यक्ष बनाउने प्रस्ताव राखेका छन्।

चालू केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै शेर्पाले ओलीलाई हटाउने एजेन्डा विदेशी खुफिया शक्तिको भएको दाबी गरे। उक्त एजेन्डाको कार्यान्वयनमा प्रचण्ड, रवि लामिछाने, बालेन शाह र दुर्गा प्रसाईँ लागिपरेको उनको भनाइ छ।

उनले पार्टीभित्र ओलीको विरोध गर्ने नेताहरूलाई कारबाही गर्नुपर्ने मागसमेत बैठकमा राखेका छन्। बैठकमा उनले भने:

“संकटको घडीमा मूल नेतृत्वप्रति आक्रमण गर्ने र पार्टीभित्र भाँडभैलो मच्चाउनेहरूलाई कारबाही गर्नुपर्छ।”

शेर्पाले पार्टीका केही नेताहरूको सार्वजनिक “माफी माग्ने” प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै, “एमालेले कुन गल्ती गरेको छ जसमा माफी माग्नुपर्छ?” भन्ने प्रश्न उठाए।

उनले पार्टीभित्र घुसपैठ गर्ने तत्वहरूलाई चिन्न र पार्टीबाट निष्कासन गर्नुपर्ने भन्दै कडा चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!