चितवन। भरतपुरमा श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि ज्यान गएको छ । गए राती साढे १० बजेको समयमा भरतपुर १० रमाईलोचोकस्थीत आफ्नै घरमा श्रीमान कृष्णप्रसाद आचार्यले खुकुरी प्रहार गरी श्रीमती रुष्मा आचार्यको हत्या गरी भाग्ने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरको बैठक कोठामा ४३ बर्षिय कृष्णले ३५ बर्षीय श्रीमती रुष्माको हत्या गरेपपछि तीन तलाबाट हामफालेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको हो। हत्याको सुचना लगत्तै उपचारको क्रममा पुरानो मेडिकल कलेजमा पुराईएको मा १०ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए भने श्रीमतीको हत्या गरी तलाबाट हाम फाल्दा गम्भिर कृष्णको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।