मोरङ, श्रावण १ गते । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (RIT) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैचा नगरपालिका-५ का २७ बर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!