हिपमत डटकम

बुधबार, पौष १६, २०८२ || 389  पटक पढिएको

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको तयारी सुरु भएसँगै देशमा देखिएको अन्यौलता हट्दै गएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै प्रचण्डले जेनजी आन्दोलनपछि उत्पन्न अन्यौल निर्वाचनको प्रक्रियाले क्रमशः समाप्त हुँदै गएको बताए।

उनले कठिन र जटिल परिस्थितिका बाबजुद निर्वाचनलाई नै मुलुकको निकासका रूपमा अघि बढाउने सरकारको निर्णय दृढ र प्रशंसनीय रहेको उल्लेख गरे। हाल सबै राजनीतिक दल र आम नागरिकले निर्वाचनको मानसिकता बनाइसकेको भन्दै अब कुनै अन्यौल नरहेको उनको भनाइ थियो।

प्रचण्डले ताजा जनादेशबाट गठन हुने संसदमार्फत जेनजी आन्दोलनका मुद्दासहित संविधानमा रहेका सीमा र कमजोरीहरूलाई संशोधन गरेर सुधार गर्नुपर्नेमा जोड दिए।

त्यस्तै उनले निजी क्षेत्रको संरक्षण, प्रोत्साहन र लगानीमैत्री वातावरण निर्माण नगरेसम्म देश विकास र समृद्धिको दिशामा अघि बढ्न नसक्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!