हिपमत डटकम

बुधबार, आषाढ २९, २०७९ || 14937  पटक पढिएको

एजेन्सी। श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन् ।

मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन् ।

७३ वर्षीय गोटाबाय आज बिहान तीन बजे माल्दिभ्सको राजधानी माले पुगेको बताइएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।

राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको पनि अन्त्य भएको छ ।

शनिबार प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेसँगै राजपाक्ष बेपत्ता भएका थिए । उनले आज राजीनामा दिने घोषणा पनि गरेका थिए ।

यसअघि उनी श्रीलंकाबाट दुबई जाने प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन । राष्ट्रपतिका भाइ तथा अर्थमन्त्री बासिल राजपाक्षपनि अमेरिका भागेका छन् । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन् ।

विपक्षी दलहरुले भने राष्ट्रपति राजपाक्ष र प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पदबाट राजीनामा नदिएको खण्डमा मुलुकले अझै ‘डरलाग्दो र बृहत हडताल’ र विशाल जनप्रर्दशन देख्नुपर्ने चेतावनी दिएका छन् ।

श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र असन्तुष्टि र आक्रोश छ ।

श्रीलंकाली जनताले लोड सेडिङलगायत इन्धन, खाद्यान्न तथा औषधि अभावका समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!