विराटनगर । आठ वर्ष देखी हुन नसकेको नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ ।
युनियनको महाधिवेशको मिती नजिकिदै गर्दा विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम समेटा बढ्दो छ । महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौँडामा गर्ने गरि घोषणा गरिएको छ ।
२०७१ सालमा पोखरामा भएको युनियनको आठौँ महाधिवेशन देखी अरु महाधिवेश युनियनको हुन सकेको छैन । लामो समय पछी हुन लागेको महाधिवेशनका कारणले पनि धेरैले उम्मेद्वारी हुन आकांक्षा गरिरहेका छन् ।
महाधिवेशन नजिकिदै गर्दा मोरङबाट दुई जनाले खुल्ला उपाध्यक्षमा लड्ने घोषणा गरिसकेका छन । खुल्ला उपाध्यक्षमा मोरङबाट कुमोद अधिकारी र शेखर रेग्मी लड्ने युनियन स्रोतले बताएको छ । तर यी दुवैले कुन समुहबाट लड्ने खुलाएका छैनन् ।
अधिकारी युनियन मोरङको अध्यक्ष र महासंघको उपाध्यक्ष भइसकेका व्यक्ती हुन भने रेग्मी युनियनको उपाध्यक्ष भइसकेका छन् । यी दुवैले लामो समय पत्रकारिता पेशामा जीवन बिताएका छन् ।