हिपमत डटकम

बुधबार, आषाढ २२, २०७९ || 2103  पटक पढिएको

सर्लाहीको हरिवनमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

पानीको ड्रममा डुबेर मंगलबार बेलुकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो।

हरिवन नगरपालिका–२ की अनुषा महतोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर बेहोस भएकी बालिकाको मृत्यु भएको हो।

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!