हिपमत डटकम

सोमबार, आषाढ २०, २०७९ || 15165  पटक पढिएको

विराटनगर। मोरङका जिल्ला न्यायाशीध भरत लम्सालले विराटनगर महानगरपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् ।

महानगरमै आएर न्यायाधीश लम्सालले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका कामकारबाहीका विषयमा अनुगमन गर्ने संविधानले नै व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार न्यायाधीश लम्सालले महानगरको न्यायिक समितिले गरेको कामका बारेमा अनुगमन गरेको हो । सो क्रममा उनले महानगरको न्यायिक समितिले गरेका काम सन्तोषजनक रहेको बताए । न्यायाधीश लम्सालले न्यायिक समिति मिनी अदालत नै भएकाले निष्पक्ष रुपमा कार्यसम्पादन गर्न आग्रहसमेत गरे ।

सो क्रममा न्यायाधीश लम्सालसहितको टोलीलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्वागत गरेका थिए । न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २ सय ४ वटा मुद्दा दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखाकी शाखा अधिकृत शारदा थपलियाले जानकारी दिए । न्यायिक समितिमा परेका मुद्दामध्ये जग्गा, श्रीमान्–श्रीमतीबीचको विवाद, गालीबेइज्जती, फोहोरमैला सम्बन्धित बढी रहेको न्यायिक समितिका सल्लाहकार परमेश्वर नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!