काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्।

मेयर बालेन्द्र साहका निकट सहयोगीका रूपमा चिनिएका पाण्डेले शुक्रबार औपचारिक रूपमा राजीनामा दिएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बन्ने तयारीका कारण उनले पद त्यागेको जनाइएको छ।

पाण्डेले काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने बताउँदै आएका छन्। उक्त क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पटक–पटक निर्वाचित हुँदै आएका छन्।

यसैबीच, मेयर बालेन्द्र साह पनि झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा चलिरहेको छ। सोही सन्दर्भमा उनले पनि शनिबार वा आइतबारसम्म मेयर पदबाट राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ।

हाल बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताको भूमिकामा छन्। पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्वाचनमा उतार्ने तयारी गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!