माेरङकाे रंगेली नगरपालिका ७ मा २०७० सालमा स्थापना भएको रंगेली नगर युवा क्लवकाे अध्यक्षमा नितेश साह चयन भएका छन् । बैदेशीक राेजगारीका क्रममा साता दिन भित्र जापना जाने तय भए पछि रंगेलीका पुर्व अध्यक्ष निरज कुमार साहले रंगेली नगर युवा क्लवबाट राजिनामा दिएका छन् ।
क्लवमा आगामी दिनहरुमा आफू नहुदा काम गर्ने युवाहरुलाई अप्ठ्यारो नहाेस भन्दै आफुृले स्वतह पदबाट राजिनामा दिएकाे निरजले बताए । संस्थाका उपाध्यक्ष आकाश मंण्डल समेत बैदेशिक राेजगारीमा जाने निश्चित भएपछि उसले पनि उपाध्यक्षकाे पदबाट राजिनामा दिएका हुन् । एक कार्यक्रमकाे आयोजना गर्दे उनीहरुलाई क्लवका सचिव, काेषा अध्यक्ष , बुद्धिजीवी मचिन्द्र कटुवाल ,स्थानीय अबिषेक अधिकारी , लगायतकाे टिमले फुलमाला सहित बिदाई समेत गरेका छन् । साेहि कार्यक्रम रंगेली नगर क्लवकाे अध्यक्ष पदमा नितेश साहलाई जिम्मेवारी सुम्पिएका छन् ।
उपअध्यक्षमा अनिल साह र रमेश कुमार साहलाई जिम्मेवारी दिएकाे पुर्वअध्यक्ष निरज साहले बताए ।