नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ।
आफन्तको शरणमा जनमन गरेर बस्दै आएका लालबहादुर १ बर्षदेखि नसा रोगका कारण थलिनु भएको हो । जनमन गरी परिवारको जीविकोपार्जन गर्दै आउनु भएका घरमुली लालबहादुरको यतिबेला हात, खुट्टा चल्न छोडेका छन् । छोरीको घरमा शरण बस्दै आएका लालबहादुरको उपचारका लागि राई परिवार सहयोगी हातको खोजीमा छ । ऋणपान गरी लालबहादुरको उपचारमा ५० हजार रुपैयाँ खर्च गरिसकेको पत्नी अम्बिका राईले बताउनुभयो । जनमन गर्ने मान्छे नै बिरामी भएपछि समस्या सिर्जना भएको र उपचार गर्न नसकेको उहाँको भनाई छ । गहभरी आँसु पार्दै अम्बिकाले भन्नुभयो–‘ औषधि किन्ने पैसा पनि छैन, अब के गर्ने ?’ लालबहादुरको उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी, कोशी अस्पताल विराटनगरमा लगिएपनि निको नभएको र थप उपचार गर्न सक्ने हैसियत नभएकाले घरमै राख्न बाध्य भएको उहाँले बताउनुभयो । उहाँले सबै सहयोगी हातहरुलाई सहयोगका लागि अपिल गर्नुभयो ।
बर्षौदेखि अरुको जग्गामा बस्दै आएका राई परिवारलाई जग्गाधनीले हटाएपछि आफन्तको शरणमा पुगेका थिए । राई परिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले देशविदेशमा रहनु भएका सहयोगी महानुभावलाई सकेको सहयोग गर्न स्थानीय नवराज कटुवालले अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!