बिराटनगर। नेपाल सरकारले आ/वा ०७९/०८० को बजेटमार्फत ल्याएको विभेदकारी कर नीति बिरुद्ध बिराटनगरका उधोगी ,मजदुरहरुले गर्दै आएको आन्दोलनले आझ उग्र रुप लिएको छ।
आज मोरङको बिराटनगरमा स्थित अन्तरिक राजस्व कार्यालयमा सयैको संख्यामा भेला भएका उधोगी-मजदुरहरुले अर्थ मन्त्रि जनार्दन शर्माको राजीनामाको माग गर्दै हातमा कालो पट्टि बाधेर बिरोध प्रदर्शन गरेका हुन्। मोरङ व्यपार संघको नेतृत्वमा आज उधोगी-मजदुरहरुले अन्तरिक राजस्व कार्यालय घेराउ गरि आन्दोलन गरेका हुन्।
केहि ठुला उधोगहरुलाई मात्रै अर्थ मन्त्रीले पोस्ने नीतिले ल्याएको बजेटले देश आर्थिक संकटमा जाने भन्दै उधोगी,मजदुरहरु आन्दोलित भएको उनि हरुको भनाई छ। आन्दोलनमा मोरंग व्यपार संघका अध्यक्ष नबिन रिजाल,मोरंग व्यपार संघ पुर्व अध्यक्ष पवन सारडा,उपाअध्यक्ष अनुपम राठी,उपाअध्यक्ष बिकाश कुमार बेगवानी,नेपाल ट्रेड युनियन कांग्रेस मोरङ अध्यक्ष सुसिल कोइराला लगायत दर्जनौ उधोगी तथा मजदुरहरु आन्दोलनमा सहभागी भएर बिरोध प्रदर्शन गरेका थिए ।
आन्दोलनमा सहभागी उधोगी-मजदुरहरुले अर्थ मन्त्रि राजिनामा देउ,नीतिगत भ्रस्टाचार बन्द गर,प्रत्येक दिन १ करोडको नाफा कमाउने उधोगको सुबिधा खारेज गर,मजदुर मर्ने नीति फिर्ता लेउ लगायतका नाराबाजी गरेका थिए।
आन्दोलनलाई सम्बोधन गर्दै मोरंग व्यपार संघ पुर्व अध्यक्ष पवन सारडा सरकारको यहि नीति रहने हो भने चाडै धेरै उधोग बन्द हुने अवस्थामा आएको बताए अर्थमन्त्रिले बारम्बार आश्वासन मात्रै दिएको तर काम केहि नगरेको भन्दै उनले आक्रोस पोखेका छन्। बजेट तुरुन्त परिमार्जन नगरे देश आर्थिक संकटमा जाने र देशको हालत छिटै श्रीलंका जस्तो हुन्न भन्न सकिन्। केहि ठुला उधोगीहरुलाई मात्रै पोसेरा अर्थमन्त्रिले नीतिगत भ्रस्टाचार गरेको भन्दै आफ्नो माग पुरा नभए सरकार ढल्ने समेत चेतावनी दिएका छन्। उधोग बन्द भए लाखौ मजदुर बाटोमा आउने र त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने सारडाले हिपमत डटकमलाई बताए।
मोरंग व्यपार संघका अध्यक्ष नबिन रिजालले सरकारकै गलत नीतिका कारण बुवा हजुरबुवाको पालामा भएको २० बिगाहा जग्गाका मालिक ४ पुस्तापछि नातिनातिनाको पालामा कठ्ठामा झरेको आरोप लाएका छन् । उन्ले देशभरी संचालित १ दर्जन बन्द बढी स्टिल,छड,बनस्पति र सेनेटरी नेपकिन उधोगलाई धरासायी हुने गरि सरकारले ल्याएको विभेदकारी कर नीतिको खारेज तुरुन्त हुनु पर्ने हिपमत डटकमलाई बताए। हाम्रो माग आइतबार सम्म सम्बोधन नभए सडक तताउने समेत रिजालले बताए।