हिपमत डटकम

मंगलबार, आषाढ ०७, २०७९ || 1754  पटक पढिएको

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन फिर्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो समस्या हटेर जाने धार्मीक मान्यता छ ।

जान्नुहोस् राशी अनुसारको उपाय ;

मेष राशी=नियमित सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गर्नुहोस् ।

वृष राशी=नित्य बिहानै भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्नुहोस् ।

मिथुन राशी=बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्नुहोस् ।

कर्कट राशी=नित्य बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाउनुहोस् ।

सिंह राशी=हरेक बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्नुहोस् ।

कन्या राशी=नियमित बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुला राशी=भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्डुको भोग दिनुहोस् ।

वृश्चिक राशी=विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी वर्गले यात्रापूर्व श्रीराम स्तुति पाठ गर्नुहोस् ।

धनु राशी=नित्य हनुमानजीको दर्शन गरी पिपलमा मिठाई अर्पण गरेर केशरको टिका लगाउनुहोस्।

मकर राशी=बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमा लानुहोस्।

कुम्भ राशी=केराको बोटमुनी दियो बाली महत्वपूर्ण कामपूर्व हनुमानलाई मीठा पान अर्पण गर्नुहोस् ।

मीन राशी=विष्णुलाई केसरको टिका लगाएर आफु लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!