सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका-१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी नवलपरासी(पश्चिम) जिल्लाको सुनवल नगरपालिका-१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका-३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका-६ कठौना चोकस्थित ना.६ ख ३३७२ नम्बरको ट्रकभित्र सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका-२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पूर्व), देवचुली नगरपालिका-९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका-१२ बस्ने ६२ वर्षीय रुप बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका-२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, भिमफेदी गाउँपालिका-८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका-२ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।